जाजरकोटका १८८ भूकम्प प्रभावितलाई घर निर्माणको पहिलो किस्ता प्रदान

काठमाडौं । जाजरकोटका १८८ भूकम्प प्रभावित परिवारले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताबापतको अनुदान पाएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आवास पुनर्निर्माण सम्झौता गरेका लाभग्राहीको बैंक खातामा प्रतिपरिवार ५० हजार रुपैयाँका दरले रकम पठाइएको हो।
विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान (दोस्रो संशोधन) कार्यविधि, २०८३ अनुसार लाभग्राहीसँग सम्झौता भएपछि आवास अनुदान रकम खातामै भुक्तानी गर्ने व्यवस्था छ।
पहिलो किस्ता प्राप्त गरेपछि लाभग्राहीले घरको प्लिन्थ लेभलसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ। त्यसपछि प्राविधिक टोलीबाट निर्माणको जाँच तथा प्रमाणीकरण भएपछि दोस्रो किस्ताको रकम उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।









