आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

२२ भाद्र २०८३, सोमबार १५:०४

काठमाडौं । साता कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ को विन्दुमा कायम भएको छ। यस दिन ९२ लाख ८५ हजार ६३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ४३ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज रिलायन्स स्पिनिङ मिल्सको शेयर सर्वाधिक कारोबार भएको छ भने दोस्रोमा गरिमा विकास बैंक लिमिटेडको शेयर कारोबार भएको छ। गरिमा विकास बैंकले गत शुक्रबार १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश घोषणा गरेको थियो।

त्यसैगरी आज सोलु हाइड्रोपावर लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड, रिडी पावर कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड र श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको शेयर धेरै कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*