३५ दिनभित्र आवश्यक कागजात सहित दाबी भुक्तानी लिन स्टार माइक्रो इन्स्योरेन्सको आह्वान

२३ भाद्र २०८३, मंगलवार ०९:२६

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले लामो समयदेखि बीमा दाबी फछ्र्यौट हुन बाँकी रहेका बीमित तथा दाबीकर्तालाई आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरेको छ ।

कम्पनीले २०८३ असार मसान्तसम्म प्राप्त भएका तर लामो समयदेखि फछ्र्यौट हुन बाँकी रहेका बीमा दाबीका सम्बन्धित दाबीकर्तालाई दाबी फछ्र्यौटका लागि बाँकी कागजातसहित यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको हो ।

कम्पनीका अनुसार सम्बन्धित बीमित तथा दाबीकर्ताले आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय जनकपुर, दरबारमार्ग काठमाडौंस्थित कार्यालय तथा विभिन्न शाखा र उपशाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित सम्पर्कमा नआउने बीमित तथा दाबीकर्ताको दाबी फछ्र्यौट गर्न असमर्थ रहने स्पष्ट पारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*