जीवन बीमा कम्पनीहरुको प्रिमियम २६ अर्बमाथि, नेपाल लाइफ, राष्ट्रिय जीवन बीमा र नेशनल लाइफ अग्रस्थानमा

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको साउनसम्ममा २६ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले साउन महिनासम्ममा सो रकम बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले यस अवधिमा ६ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
दोस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ। कम्पनीले यस अवधिमा ३ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीमा सिआईटीको एक बर्षको एकमुष्ट रकम आएको कारण
तेस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस अवधिमा २ अर्ब ९१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
चौथौमा भने हिमालयन लाइफ रहेको छ। कम्पनीले यस अवधिमा २ अर्ब २९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।










