‘धरौटीमा छुटाइदिन्छु’ भन्दै ४ लाख ७९ हजार असुल्ने दुई जना पक्राउ

४ आश्विन २०८३, आईतवार १७:४२

काठमाडौं । लागूऔषध मुद्दाका प्रतिवादीलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाएर रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ का ४२ वर्षीय हरिराम गिरी र नुवाकोटको सूर्यगढी गाउँपालिका–६ घर भई हाल तारकेश्वर–८ बस्दै आएका ३१ वर्षीय अजय थापा मगर रहेका छन् ।

जिल्ला अदालत काठमाडौंबाट प्राप्त सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले असोज २ गते साँझ काठमाडौं महानगरपालिका–११ स्थित काठमाडौं जिल्ला अदालत परिसरबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लागूऔषध मुद्दाका एक प्रतिवादीलाई धरौटीमा छुटाइदिने आश्वासन दिँदै उनकी श्रीमतीबाट उनीहरूले अवैध रूपमा रकम लिएको आरोप छ ।

पक्राउ परेका दुवै जनाको साथबाट अवैध रूपमा लिएको भनिएको ४ लाख ७९ हजार रुपैयाँ, तीन थान मोबाइल र प्रतिवादीकी श्रीमतीको नाममा रहेको माछापुच्छ्रे बैंकका सात थान खाली चेक बरामद गरिएको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*