त्रिपुरेश्वरमा आगजनी भएको बस चालक अर्जुन दोङको उपचारका क्रममा मृत्यु

६ आश्विन २०८३, मंगलवार ०८:१९

काठमाडौं । हिजो सोमबार त्रिपुरेश्वरको राहदानी विभाग अगाडि भएको बस आगलागीमा परी घाइते भएका चालक अर्जुन दोङको उपचारका क्रममा मृत्यु भएको छ।

सोमबार मध्यान्ह त्रिपरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागी हुँदा बसभित्रै रहेका चालकलाई प्रहरीले उद्धार गरी कीर्तिपुर बर्न अस्पतालमा लगेको थियो। उनको शरीरको ९० प्रतिशत भाग जलेको थियो।

उपचारका क्रममा सोमबार राति नै उनको मृत्यु भएको हो। आगलागी हुनुअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको थियो। घटनाको छानबिनका लागि समिति समेत गठन भइसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*