घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
६ आश्विन २०८३, मंगलवार १०:५६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ५९ हजार ९० रुपैयाँ कायम गरिएको हो ।
यता, चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ।











