जीवन तथा लघुजीवन बीमा अभिकर्ताको परीक्षा स्थगित

१२ आश्विन २०८३, सोमबार १५:२२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा तथा लघुजीवन बीमा अभिकर्ताका लागि सञ्चालन हुँदै आएको अनलाइन परीक्षा स्थगित गरेको छ।

प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै २०८३ असोज १२ गतेदेखि असोज १६ गतेसम्म बिहान ११ बजे सञ्चालन हुने तय भएको अभिकर्ता अनलाइन परीक्षा प्राविधिक समस्याका कारण सञ्चालन गर्न नसकिएको जनाएको हो।

प्राधिकरणका अनुसार अर्को सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा स्थगित गरिएको छ। परीक्षा सञ्चालन हुने नयाँ मिति तथा समयबारे प्राधिकरणले पछि सूचना जारी गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*