नागरिक लगानी कोषको सञ्चालक समितिमा क्षेत्री र डा. दाहाल नियुक्त

१६ आश्विन २०८३, शुक्रबार १०:०८

काठमाडौं । नागरिक लगानी कोषको सञ्चालक समितिमा मुकुन्द कुमार क्षेत्री र डा. सुमन दाहाल नियुक्त भएका छन् ।

नेपाल सरकार, अर्थमन्त्रीस्तरीय निर्णयबाट क्षेत्रीलाई कोषको सञ्चालक समितिमा विज्ञ सदस्यका रूपमा नियुक्त गरिएको हो । नागरिक लगानी कोष ऐन, २०४७ को दफा २५ को उपदफा (१) को खण्ड (छ) अनुसार उनलाई विज्ञ सदस्यको जिम्मेवारी दिइएको कोषले जनाएको छ ।

नवनियुक्त क्षेत्रीले असोज १५ गते बसेको कोष सञ्चालक समितिको बैठकमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसैगरी, अर्थमन्त्रीस्तरीय निर्णयबाट नेपाल सरकारका सहसचिव डा. सुमन दाहाललाई पनि कोषको सञ्चालक सदस्यमा मनोनयन गरिएको छ । डा. दाहालले समेत सोही दिन बसेको सञ्चालक समितिको बैठकमा सञ्चालक सदस्य पदको शपथ लिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*