हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा दिपेन्द्र कुमार मिश्र, तीन जना सञ्चालकमा मनोनित

१९ आश्विन २०८३, सोमबार १०:०६

काठमाडौँ ।  हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्र कुमार मिश्र नियुक्त भएका छन्। कम्पनीको २०८३ असोज १५ गते बिहीबार बसेको सञ्चालक समितिको ९१औँ बैठकले रिक्त रहेको सञ्चालक अध्यक्ष पदमा मिश्रलाई आगामी वार्षिक साधारण सभासम्मका लागि नियुक्त गरेको हो।

सोही दिन बसेको सञ्चालक समितिको ९०औँ बैठकले संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा नयाँ प्रतिनिधि मनोनयन गरी सिफारिस भएका तीन जनाको मनोनयन आगामी वार्षिक साधारण सभासम्मका लागि स्वीकृत गरेको थियो।

कम्पनीका अनुसार नेपाल बैंक लिमिटेडको तर्फबाट होमबहादुर खड्का, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को तर्फबाट नितेश तोदी र कालिका फिनकर्ष प्रा.लि.को तर्फबाट पल्लव श्रेष्ठ सञ्चालकमा मनोनित भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*