लामो समयपछि हिम पर्वत हाइड्रोपावरले पायो आईपीओ निष्काशनको अनुमति

१९ आश्विन २०८३, सोमबार १०:२२

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयपछि हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ। बोर्डको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीलाई ५९ करोड १५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख १५ हजार कित्ता साधारण शेयर निष्काशन गर्नेछ। आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धकको भूमिकामा रहेको छ।

हिम पर्वत हाइड्रोपावरले २०८१ मंसिर ५ गते आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो। लामो समयदेखि प्रक्रियामा रहेको कम्पनीको आईपीओलाई बोर्डले आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु गरिसकेको र कम्पनीको नेटवर्थ प्रतिशेयर १०० रुपैयाँभन्दा माथि रहेको आधारमा अनुमति दिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*