पूर्व प्रधानन्यायाधीश पक्राउ पर्दा हिराशतमा भेटेको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्वित

१९ आश्विन २०८३, सोमबार २०:४७

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी चरम राजनीतिक हस्तक्षेप र प्रतिशोधको साधन बन्न पुगेको छ । केही दिनअघि नेपाल प्रहरीले पक्राउ गरेका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई माइतीघरस्थित हिराशतमा पुगेर भेटेको आरोपमा सशस्त्र प्रहरीका एआईजीपी वंशीराज दाहाललाई गृहमन्त्रालयले आज निलम्वन गर्ने निर्णय गरेको छ ।

गृहमन्त्रालयद्वारा आज प्रकाशित बिज्ञप्ति अनुसार सशस्त्र प्रहरी बल प्रधान कार्यालयको प्रतिवेदनको आधारमा तीन दिनभित्र छानविन गरी प्रतिवेदन पेश गर्न आन्तरिक रुपमा छानविन समिति समेत गठन गरिएको गृहमन्त्रायले विज्ञप्ति मार्फत जनाएको छ । स्रोतका अनुसार दाहाललाई प्रधानमन्त्री कार्यालयको विशेष चासोको आधारमा छानविन गरिएको हो ।

एआईजीपी दाहाल र पूर्व प्रधानन्यायाधीश राणा पारिवारिक सम्बन्ध रहेका कारण प्रहरी हिराशतभित्रै गएर भेटेको सूत्रको दावी छ । मध्येराति पक्राउ गरेर लगेको खवर पाएपछि दाहाल माइतीघरमा रहेको प्रहरीले हिराशतमा राखेको स्थानमा विहानीपख पुगेर फर्केका थिए ।

तर, शसस्त्र प्रहरी प्रधान कार्यालयले एआईजी दाहाललाई हेडक्वाटरलाई जानकारी नदिई भेटघाटमा गएको आरोप समेत लगाएको बुझिएको छ । एआईजीपी दाहाल यही असोज २६ गतेबाट अनिवार्य अवकासमा जाँदै थिए । अवकासमा जानु ७ दिन अघि निलम्वन गरेर कारवाही प्रक्रिया अघि बढाएको हो । पूर्व प्रधानन्यायाधीशलाई मध्यराति पक्राउ गरेको बिषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिषयमा सरकारमाथि प्रश्न उठिरहेको बेला सो घटनामा पारिवारिक रुपमा भेट्न गएका एआईजीपीलाई पनि कारवाही गरेपछि थप पेचिलो बन्ने देखिएको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*