पोखरामा २१ विद्यार्थी सवार स्कुल बस दुर्घटना, उद्धार कार्य जारी

२३ आश्विन २०८३, शुक्रबार ०८:४२

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा स्कुल बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको छ।

दुर्घटनामा परेको बसमा करिब २१ जना विद्यार्थी सवार रहेको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ।

सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस दुर्घटनामा परेको हो। घटनालगत्तै नेपाल प्रहरीले उद्धार कार्य सुरु गरेको थियो।

उद्धार गरिएका पाँच जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ। दुर्घटनामा अन्य विद्यार्थीको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*