मञ्जुश्री फाइनान्सको २० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?

२३ आश्विन २०८३, शुक्रबार ०९:३१

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको असोज २२ गते बिहीबार अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण गरिएको कम्पनीको वित्तीय विवरण अनुसारको वितरणयोग्य रकमबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*