बीमा कसुरमा शेखर गोल्छाको दाबी : ‘२३ करोड ९२ लाख भुक्तानीबारे मलाई जानकारी थिएन’

२३ आश्विन २०८३, शुक्रबार १२:४२

काठमाडौं । बीमा कसुरमा २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । मुद्दामा दीपक भट्ट, शेखर गोल्छा र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवालसमेत प्रतिवादी छन् ।

काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रअनुसार हिमालयन रिइन्स्योरेन्स कम्पनीका तत्कालीन अध्यक्ष शेखर गोल्छाले बयानमा २३ करोड ९२ लाख भुक्तानीबारे जानकारी नभएको बताएका छन् ।

प्रतिवादी शेखर गोल्छाको बयानको सारसंक्षेपः
एलियन्ट ईन्स्योरेन्स ब्रोकर्स प्रा. लि. लाई हुँदै नभएको जीवन बीमा पुनर्बिमा कारोबारको कमिशन शीर्षकमा रु. २३ करोड ९२ लाख भुक्तानी गरिएको विषयमा मलाई जानकारी थिएन । बीमा ऐन, २०७९ को दफा ५३ मा दैनिक प्रशासनिक कार्यमा हस्तक्षेप नगर्ने कुराको प्रत्याभूति गर्नु सञ्चालक समितिको कर्तव्य हुनेछ भन्ने समेतका कानुनी व्यबस्था बमोजिम हिमालयन रिईन्स्योरेन्स लि. को प्रशासनिक गतिविधिमा सञ्चालक समितिलाई थाहा हुने विषय होइन । समग्र नीति तथा मापदण्ड तयार गर्ने र विभिन्न समिति मार्फत संस्थागत सुशासन कायम गर्ने विषय नै सञ्चालक समितिमा रहन्छ । उल्लेखित कारोबार (Transaction) भएको जानकारी मलाई छैन । उल्लेखित हिमालयन रिईन्स्योरेन्स, एलिएण्ट इन्स्योरेन्स ब्रोकर्स प्रा. लि. र उल्लेखित विभिन्न जीवन बीमा कम्पनी लि.ले गरेका कारोबारको सन्दर्भमा सम्पूर्ण जिम्मेवारी CEO तथा व्यवस्थापनको हो । म सो व्यवस्थापनमा संलग्न नरहेको जानकारी गराउँदछु ।

सम्पादन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*