बुढीगण्डकी बाढीः ३४१ मेगावाटको निर्माणाधीन जलविद्युत परियोजनाको क्याम्प बग्यो
२५ आश्विन २०८३, आईतवार ०८:३४

काठमाडौं । बुढीगण्डकीमा आएको बाढीले चुमनुब्री गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन जलविद्युत् परियोजनाको क्याम्प बगाएको छ ।
३४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बाढीले बगाएको हो । आयोजना निर्माण गर्न कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । बाढीले जलविद्युत परियोजनाको केही उपकरणसमेत बगाएको छ ।











