बुढीगण्डकी बाढीको जोखिम बढेपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय

२५ आश्विन २०८३, आईतवार ०९:०४

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय बनाइएको जनाएको छ।

बाढीबाट प्रभावित हुन सक्ने नागरिकलाई समयमै स्वास्थ्य सेवा र आवश्यक सहयोग उपलब्ध गराउन केन्द्रले समन्वय गर्ने मन्त्रालयले जनाएको छ। नदीको बहाव बढिरहेकाले बूढीगण्डकीसहित जोखिममा रहेका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त स्थानबाट सुरक्षित ठाउँमा जान र सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*