बूढीगण्डकीको जलसतह ८.४३ मिटर अग्लो, चितवनदेखि नवलपरासीसम्म जोखिम

२५ आश्विन २०८३, आईतवार १०:०१

काठमाडौं । गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा पानीको सतह खतरा तहभन्दा माथि पुगेपछि त्रिशूली नदी आसपासका क्षेत्रसहित चितवन र नवलपरासीका नदी तटीय बस्तीमा समेत जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार नदीको बहाव बढ्ने र घट्ने क्रम जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आइतबार बिहान ९.५२ बजे गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीको जलसतह ८.४३ मिटर पुगेको छ। उक्त स्थानमा चेतावनी तह ४.५ मिटर र खतरा तह ५ मिटर निर्धारण गरिएको छ। नदीको जलसतह खतरा तहभन्दा ३.४३ मिटर माथि रहेको छ भने बहाव बढ्दो क्रममा छ।

बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्रलाई अति उच्च जोखिममा राखिएको छ। उक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरिएको छ। मुग्लिनसम्मको क्षेत्र उच्च जोखिममा रहेकाले त्यहाँका नागरिकलाई उच्च सतर्कतामा रहन भनिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*