आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

२६ आश्विन २०८३, सोमबार ०८:१७

काठमाडौं । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमानअनुसार आज सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान छ।

आज राति देशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

मंगलबार पनि देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। मंगलबार राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा समेत एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

त्यस्तै बुधबार हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। उक्त दिन कोशी र कर्णाली प्रदेशका हिमाली क्षेत्र तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। बुधबार राति पनि हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*