मञ्जुश्री फाइनान्सको १ लाख २९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२६ आश्विन २०८३, सोमबार ०९:०२

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडका संस्थापक शेयरधनी नुमनाथ पौडेलले आफ्नो नाममा रहेको १ लाख २९ हजार ३२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन्।

कम्पनीले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। प्रचलित नियमअनुसार संस्थापक शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकाले उनीहरूका लागि आवेदन खुलाइएको कम्पनीले जनाएको छ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आफूले खरिद गर्न चाहेको कित्ता खुलाएर आवश्यक प्रमाण तथा कागजातसहित मञ्जुश्री फाइनान्सको केन्द्रीय कार्यालय, थापाथली, काठमाडौंमा निवेदन दिनुपर्नेछ।

तोकिएको ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*