आइसिएफसी फाइनान्सको कामु सीईओमा अमित श्रेष्ठ
२६ आश्विन २०८३, सोमबार १०:१५

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी अमित श्रेष्ठले पाउने भएका छन् ।
संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तको कार्यकाल २०८३ असोज २४ गते समाप्त हुने भएपछि नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिइएको हो ।
फाइनान्सको सञ्चालक समितिको २०८३ असोज २३ गते साँझ ४ बजे बसेको ३७७औँ बैठकले श्रेष्ठलाई २०८३ असोज २५ गतेदेखि लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।
उक्त निर्णयसँगै श्रेष्ठले असोज २५ गतेदेखि संस्थाको कामु सीईओका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।











