मिथिला लघुवित्तका सञ्चालक विनोद कुमार साहले दिए राजीनामा
२६ आश्विन २०८३, सोमबार १०:२४

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक विनोद कुमार साहको राजीनामा स्वीकृत भएको छ ।
संस्थामा सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक साहले व्यक्तिगत तथा स्वास्थ्य समस्याको कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए ।
संस्थाको सञ्चालक समितिको २०८३ असोज २३ गते शुक्रबार साँझ ५ बजे बसेको २९४औँ बैठकले साहले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।











