सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
२८ आश्विन २०८३, बुधबार १०:५२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ४८ हजार २०० रुपैयाँ तोकिएको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले घटेर प्रतितोला चार हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।











