घट्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
२९ आश्विन २०८३, बिहीबार १०:५०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ४७ हजार २५५ रुपैयाँ तोकिएको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा २२० रुपैयाँले घटेर प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।











