नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

२९ आश्विन २०८३, बिहीबार ११:५४

काठमाडौं । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गाउँ विकास समिति (गाविस) का २३३ स्ववासी परिवारले नापजाँच सकिएको करि ११ वर्षपछि लालपुर्जा पाएका छन् ।

साविक झोझी कटैया गा.वि.स. वडा नं १, २, ३, ४, ५, ६, ७, ८ र ९ ) का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका हुन् ।

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो । तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन ।

लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले २३३ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*