डलर १५२ रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

३ कार्तिक २०८३, मंगलवार ०६:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ १९ पैसा कायम भएको छ।

यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ २ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८२ पैसा रहेको छ। युरो एकको खरिददर १६९ रुपैयाँ ९० पैसा र बिक्रीदर १७० रुपैयाँ ५७ पैसा तोकिएको छ।

स्विस फ्र्याङ्क एकको बिक्रीदर १८४ रुपैयाँ ४३ पैसा, अस्ट्रेलियन डलरको १०६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलरको १०७ रुपैयाँ ९८ पैसा र सिंगापुर डलरको ११८ रुपैयाँ ९३ पैसा रहेको छ।

Screenshot

त्यसैगरी, साउदी अरेबियन रियाल एकको बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, कतारी रियालको ४१ रुपैयाँ ७५ पैसा, यूएई दिरामको ४१ रुपैयाँ ४३ पैसा र मलेसियन रिंगिटको ३७ रुपैयाँ २८ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको बिक्रीदर ४९४ रुपैयाँ १२ पैसा, बहराइन दिनारको ४०३ रुपैयाँ ५ पैसा र ओमानी रियालको ३९५ रुपैयाँ २९ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*