बाढीले बन्द माथिल्लो माछाखोला जलविद्युत आयोजना पुनः सञ्चालनमा
९ कार्तिक २०८३, सोमबार १०:४०

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले बाढीका कारण बन्द भएको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना पुनः सञ्चालनमा ल्याएको छ।
कम्पनीका अनुसार गत असोज २५ गते बिहान बुढीगण्डकी नदीमा आएको भीषण बाढीले आयोजनाको प्रसारण लाइनमा क्षति पुर्याएको थियो। त्यसपछि ४.५५ मेगावाट क्षमताको आयोजना पूर्ण रूपमा बन्द भएको थियो।
प्रसारण लाइनको मर्मतसम्भार सम्पन्न भएपछि कात्तिक ८ गते बिहान ११ बजेर ८ मिनेटदेखि आयोजना पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ। आयोजनाबाट विद्युत् उत्पादन तथा व्यावसायिक कारोबारसमेत सुरु भएको कम्पनीले जानकारी दिएको छ।











