नेपाल बैंकले वीरगञ्जका दुई शाखा गाभ्दै
१३ कार्तिक २०८३, शुक्रबार ०९:४६

काठमाडौं । नेपाल बैंक लिमिटेडले वीरगञ्ज महानगरपालिकामा रहेका आफ्ना दुई शाखालाई एकआपसमा गाभेर समायोजन गर्ने भएको छ । बैंकले वीरगञ्जस्थित माइस्थान शाखालाई वीरगञ्ज सिटी अफिस शाखामा गाभेर एकीकृत रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय डिजिटल बैंकिङ सेवाको प्रयोग बढ्दै गएको र वीरगञ्ज महानगरपालिकाभित्र बैंक तथा वित्तीय संस्थाका शाखाको सङ्ख्या उल्लेख्य रहेकाले शाखा समायोजन गर्न लागिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार माइस्थान शाखा समायोजन भएपछि वीरगञ्ज सिटी अफिस शाखाबाटै सेवा प्रवाह हुनेछ । वीरगञ्ज महानगरपालिका–४ मा रहेको सिटी अफिस शाखा नै कायम रहनेछ ।











