सडक दुर्घटनामा मृत्यु भएका ऋणीको परिवारलाई २० लाख दाबी भुक्तानी

१३ कार्तिक २०८३, शुक्रबार १७:२६

काठमाडौं । सडक दुर्घटनामा ज्यान गुमाएका लेटाङका योगेन्द्रकुमार मगरको परिवारलाई २० लाख १० हजार रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरिएको छ।

लेटाङ नगरपालिका–१ निवासी मगरले एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर लेटाङ–६, गुवाबारीमा होटल सञ्चालन गर्दै आएका थिए। ऋण लिने क्रममा उनको १० लाख रुपैयाँको ऋण सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमार्फत बीमा गरिएको थियो।

गत असोज ९ गते बारा जिल्लाको जितपुर सिमरामा भएको सडक दुर्घटनामा मगरको मृत्यु भएको थियो। त्यसपछि गरिएको बीमा दाबीअनुसार परिवारले १० लाख रुपैयाँ बिमाङ्क रकम, १० लाख रुपैयाँ दुर्घटना मृत्यु लाभ र १० हजार रुपैयाँ काजक्रिया खर्च गरी कुल २० लाख १० हजार रुपैयाँ प्राप्त गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*