एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढ्यो

१६ कार्तिक २०८३, सोमबार १४:३५

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाइएको छ । नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमअन्तर्गत विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका ग्यास उद्योगलाई एकीकृत गर्ने नीति कार्यान्वयन गर्न प्रक्रिया अगाडि बढाएको हो ।

निगमले यसका लागि गत कात्तिक १२ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै एकआपसमा गाभिन प्रोत्साहित गरेको छ । पत्रमार्फत उद्योगहरूलाई गाभ्ने नीतिअनुसार आवश्यक कार्ययोजना तयार गरी प्रक्रिया अघि बढाउन अनुरोध गरिएको निगमले जनाएको छ ।

निगमको स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ मा ग्यास उद्योगहरूलाई गाभ्ने व्यवस्था गरिएको छ । विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका उद्योगहरू एकीकृत हुँदा ग्यासको बिक्री वितरण प्रणाली थप व्यवस्थित र सहज हुने निगमको अपेक्षा छ । यसबाट उपभोक्तालाई ग्यास आपूर्ति तथा वितरणमा देखिने समस्या न्यूनीकरण हुनुका साथै सेवा प्रवाहसमेत प्रभावकारी हुने निगमको विश्वास छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*