कात्तिक पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता सार्वजनिक
१६ कार्तिक २०८३, सोमबार १२:१८

काठमाडौं । आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारका विजेताहरूको नामावली सार्वजनिक गरेको छ। कात्तिक १ देखि १५ गतेसम्मको अवधिका लागि १५ जना नियमित विजेतासहित एक जना बम्पर विजेता छनोट गरिएको हो।
विभागले अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा आयोजित कार्यक्रममा विजेताहरूको घोषणा गरेको हो। विजेता छनोट प्रक्रियामा नेपाल प्रिमियर लिग (एनपीएल) खेलिरहेका क्रिकेट खेलाडीसमेत सहभागी भएका थिए। पुरस्कारका लागि छनोट भएका १६ जनाको नामावली विभागले सार्वजनिक गरेको छ।












