काठमाडौँमा प्रहरीको स्वीप अपरेसनः एक सातामै ६४० जना पक्राउ

१७ कार्तिक २०८३, मंगलवार १०:०२

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण र शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियानका क्रममा एक सातामै ६४० जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले कात्तिक ९ देखि १६ गतेसम्म सञ्चालन गरेको ‘स्वीप अपरेसन’ का क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ५५९ पुरुष, ७८ महिला र तीन जना अन्य रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये ८२ जना विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्ति हुन् भने २० जना चालु मुद्दाका फरार प्रतिवादी रहेका छन् । उनीहरूमाथि कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

अभियानका क्रममा प्रहरीले सार्वजनिकस्थल, सार्वजनिक यातायात, बसपार्क, व्यस्त बजार तथा सरकारी कार्यालय आसपासका क्षेत्रमा विशेष निगरानी बढाएको थियो । बढी भीडभाड हुने र चोरी, लुटपाट, दुर्व्यवहार तथा बिचौलियाको गतिविधि हुन सक्ने सम्भावित स्थानलाई लक्षित गरी प्रहरी टोली परिचालन गरिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*