चुनाव सुरु हुनै लाग्दा अमेरिकाद्वारा इरानमा आक्रमण

१७ कार्तिक २०८३, मंगलवार १०:२८

काठमाडौं । अमेरिकामा आज अर्थात नोभेम्वर ३ मा संसदीय निर्वाचन हुँदैछ । नेपाली समय अनुसार साँझदेखि मात्रै मतदान सुरु हुनेछ । तर, निर्वाचन सुरु हुनै लाग्दा अमेरिकाले इरानका केही सामरिक महत्वका स्थानमा सैन्य हमला गरेर युद्ध पुनः सुरु गरेको छ ।

इरानले गएराति अमेरिकाका दुई अत्याधुनिक र महंगो ड्रोन खसालेर नियन्त्रणमा लिएपछि थप विवाद उत्पन्न भएको देखिएको छ । इरानी समाचार संस्था आईआरएनएले एमक्यु १७९ र एमक्यु ९ मोडलका दुई वटा ड्रोन खसालिएको पुष्टी गरेको छ । सोको बदलामा अमेरिकाले इरानमाथि पाँचवटा मिसाइल प्रहार गरेको जनाइएको छ ।

अलजजिराका अनुसार अमेरिकाले हर्मुज स्ट्रेटस्थित इरानको क्वेसम टापुमा आक्रमण गरेको छ। त्यसैगरी, अमेरिकी सञ्चारमाध्यम फक्स न्युज र द वाल स्ट्रिट जर्नलले यो समाचार छापेका छन्।

टाइम्स अफ इजरायलले इरानको जमिनबाट आकाशमा मार हान्ने मिसाइल राखिएको स्थानमा हमला गरिएको अमेरिकी अधिकारीहरुलाई उध्रित गर्दै प्रकाशित समाचारमा उल्लेख छ ।
हिजोमात्रै राष्ट्रपति ट्रम्पलाई इरानमा पुनः आक्रमण गर्ने सम्भावनाबारे पत्रकारले प्रश्न सोध्दा तत्काल आक्रमण गर्ने कुनै हतारो नभएको प्रतिक्रिया दिएका थिए । सोमबार इरानले अमेरिकी जहाजलाई खसाल्ने प्रयास गरेपछि अमेरिकाले पनि सैन्य आक्रमण गरेको जनाइएको छ ।

अमेरिकामा आजै हुन लागेको निर्वाचनमा डोनाल्ड ट्रम्पको पार्टीले पराजय भोग्ने विश्वास गरिएको छ । अमेरिकाले मध्यपूर्वमा अत्याचार बढाएको, इजरायलले गाजामा गरेको मानव विरोधी अपराधको संरक्षण गरेको भन्दै अमेरिकी जनता राष्ट्रपति ट्रम्पसँग आक्रोसित छन् । इरान युद्धको कारण महंगिएको इन्धनका कारण पनि यस पटक ट्रम्पले निर्वाचनमा नराम्रोसँग पराजय भोग्ने सम्भावना रहेको पूर्वानुमानहरु सार्वजनिक भइरहेका छन् ।

इरानले पनि आजै अमेरिकामाथि जवाफी कारवाही गर्ने र कतिबेला, कहाँ र कस्तो जवाफी कारवाही गर्छ भन्ने यकिन भइसकेको छैन । इरानले अमेरिकालाई सीमारहित आक्रमण गर्नसक्ने चेतावनी दिइसकेको छ ।

अमेरिकाले इरानमाथि गरेको युद्धका कारण विश्व अर्थतन्त्र चौपट अवस्थामा पुगिसकेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*