युनिक नेपाल लघुवित्तले यसपटक पनि लाभांश नदिने, तीन वर्षदेखि शेयरधनीको हात रित्तो

१ मंसिर २०८३, मंगलवार १०:२२

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा पनि शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। संस्थाको सञ्चालक समितिले उक्त आर्थिक वर्षका लागि बोनस शेयर र नगद लाभांश दुवै नदिने निर्णय गरेको हो।

संस्थाको कात्तिक ३० गते बसेको सञ्चालक समितिको १२४औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गर्दै प्रकाशनका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ। सोही बैठकले शेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णयसमेत गरेको संस्थाले जनाएको छ।

युनिक नेपाल लघुवित्तले यसअघि आर्थिक वर्ष २०७९/८० मा मात्रै शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो। त्यसयता आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ गरी लगातार तीन आर्थिक वर्ष लाभांश वितरण गरेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*