मंसिरको पहिलो दिनमै सुनचाँदीको भाउमा गिरावट, आज प्रतितोला कति?
१ मंसिर २०८३, मंगलवार १०:३८

काठमाडौं । मंसिर महिनाको पहिलो दिनमै आज नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ। आज सुन प्रतितोला १ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।
त्यसैगरी आज चाँदीको भाउ घटेर प्रतितोला ३ हजार ४९० रुपैयाँ कायम हुन पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो।











