यी कम्पनीका लगानीकर्ताले आज कमाए सर्वाधिक

काठमाडौं । आज नेप्से दोहोरो अंकले घटेसँगै सूचीकृत ३५३ कम्पनीहरुमध्ये १८५ वटा कम्पनीहरुको शेयरमूल्य घटेको छ भने ८६ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ।
आज अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, अपोलो हाइड्रोपावर लिमिटेड, कुमारी इक्विटी फण्ड, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड, एमबीएल इक्विटी फण्ड, सानिगाड हाइड्रो लिमिटेड, टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड, सिटिजन म्युचुअल फण्ड ३० र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ।











