अब आईपीओदेखि लकइनसम्मका सूचना ‘मेरो शेयर’मै

३ मंसिर २०८३, बिहीबार १४:०१

काठमाडौं । शेयर बजारका लगानीकर्ताले आईपीओ, हकप्रद शेयर, बोनस, लाभांश वितरण र लकइन अवधिसम्बन्धी सूचना अब ‘मेरो शेयर’ प्रणालीबाटै प्राप्त गर्न सक्ने भएका छन्। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले यी विषयसँग सम्बन्धित सूचना उक्त प्रणालीमार्फत सार्वजनिक गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

यसअघि विभिन्न माध्यमबाट जानकारी लिनुपर्ने लगानीकर्ताले अब एउटै प्रणालीबाट यस्ता सूचना प्राप्त गर्न सक्नेछन्। सीडीएससीका अनुसार धितोपत्र निष्कासनकर्ता कम्पनी, बिक्री प्रबन्धक तथा सेयर रजिस्ट्रारले सी–आस्बा सफ्टवेयर प्रयोग गरी सम्बन्धित सूचना प्रकाशित गर्नेछन्।

यसअन्तर्गत आईपीओ तथा हकप्रद सेयर निष्कासन, बोनस सेयर, लाभांश वितरण, रिडेम्प्सन र लकइन अवधिसम्बन्धी जानकारी समावेश गरिएको छ। सम्बन्धित निकायले प्रणालीमा प्रकाशित गरेका सूचना लगानीकर्ताले आफ्नो ‘मेरो शेयर’ खातामार्फत हेर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*