नयाँ अध्यक्षलाई हिमालयन रिको दर्जन बढी गुनासा
३ मंसिर २०८३, बिहीबार १४:०९

काठमाडौं । निजि क्षेत्रको पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले आफ्ना दर्जनौं गुनासाहरु बीमा प्राधिकरणले सुनुवाई नगरेको भन्दै नयाँ अध्यक्ष राजन विक्रम थापा समक्ष गुनासो पेश गरेको छ ।
हिमालयन रि इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरणको नयाँ अध्यक्षलाई कम्पनीले आफ्ना व्यवसाय विस्तार, नियामकीय निर्णयहरु गरिदिनुपर्नेमा नगरी अल्झाएर राखेको सम्बन्धमा गुनासो गरेको हो ।
हिमालयन रि इन्स्योरेन्स कम्पनीले व्यवसाय विस्तार तथा नियमित कामको सिलसिलामा बीमा प्राधिकरणलाई लेखिएका पत्रहरुको कुनै सुनुवाई नगरेको भन्ने व्यापक गुनासो थियो । कामु सिईओ सन्तोष केसीले पत्रहरु लेखिएको र बीमा प्राधिकरणबाट कुनै जवाफ नपाएर काम गर्न अप्ठेरो परेको गुनासो गरेका छन् ।











