आइएमई लाइफ इन्स्योरेन्सका सञ्चालक केसीसमेत पक्राउ
३ मंसिर २०८३, बिहीबार १४:२८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालकसमेत रहेका तत्कालीन श्रम सचिव विनोद केसीसमेत पक्राउ परेका छन् । उनलाई बुधबार नेपाल प्रहरीको सीआईबीले पक्राउ गरेको हो ।
पक्राउ परेका केसी नेपाल सरकारका पूर्वसचिव हुन । हाल उनी आइएमई लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकको रुपमा कार्यरत रहेका छन् । उनी वि.सं. २०७९ साल फागुन १० गते सञ्चालक नियुक्त भएका हुन् ।
उनीसँगै पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत (उपसचिव) निर्मला गुरुङ रहेका छन् ।











