एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना
४ मंसिर २०८३, शुक्रबार १०:१९

काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
उपभोक्ताले ’हेलो सरकार’ को वेब पोर्टल मार्फत ग्यास सिलिन्डरको मूल्य बढी लिइएको भनी गुनासो दर्ता गराएका थिए । सोही गुनासोका आधारमा हेलो सरकारको समन्वयमा विभागको टोलीले सम्बन्धित स्टोरमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा कैफियत भेटिएपछि उक्त स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हेलो सरकारले जानकारी दिएको छ । सरकारले उपभोक्ता ठगिने वा कुनै सार्वजनिक सेवामा समस्या आएमा हेलो सरकारको निःशुल्क फोन सेवा ११११ वा अनलाइन पोर्टलमार्फत गुनासो टिपाउन आग्रह गर्दै आएको छ ।











