नेपाल लाइफ क्यापिटलको १३औं वार्षिक साधारणसभा मंसिर २५ गते, यस्ता छन् एजेण्डा

४ मंसिर २०८३, शुक्रबार १०:३३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेडले मंसिर २५ गते आफ्नो १३औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको १२८औं बैठकले शुक्रबार बिहान ११ बजे काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा सभा गर्ने निर्णय गरेको हो ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । साथै लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरिनेछ ।

त्यस्तै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षक नियुक्त गर्ने कार्यसूची राखिएको कम्पनीले जनाएको छ ।

सभामा कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) मा रहेको सञ्चालक समिति गठनसम्बन्धी व्यवस्था र उपनियम (३) मा रहेको सञ्चालकहरूको कार्यकालसम्बन्धी व्यवस्थामा संशोधन गर्ने विशेष प्रस्ताव पनि पेस हुनेछ ।

यसका साथै नियमावलीमा प्रस्तावित संशोधनका सम्बन्धमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै निर्देशन आएमा सोहीअनुसार आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा छलफल गरी पारित गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*