चीनले भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाललाई २० लाख डलर दिने
४ मंसिर २०८३, शुक्रबार १३:२५

काठमाडौं । चीन सरकारले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाललाई २० लाख अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारबाट प्राप्त हुने उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
सञ्चारमन्त्री विक्रम तिमल्सिनाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै भोटेकोशी बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा, तत्कालीन आपत्कालीन उद्धार तथा राहत कार्य सञ्चालनका लागि चीन सरकारले उपलब्ध गराउने अनुदान स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।











