एनपीएल फाइनलको टिकट बिक्री खुल्नुअघि नै ‘सोल्ड आउट’, दर्शक असन्तुष्ट

४ मंसिर २०८३, शुक्रबार १३:५१

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट बिक्री सुरु नहुँदै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएपछि दर्शकहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार दिउँसो १ बजेदेखि टिकट बिक्री खुला गर्ने भनिए पनि त्यसको केही मिनेटअघि नै टिकट सकिएको सूचना देखिएको थियो। दिउँसो १२ बजेर ५७ मिनेटमा प्लेटफर्म खोल्दा फाइनल खेलको टिकट ‘सोल्ड आउट’ देखिएको प्रयोगकर्ताहरूले बताएका छन्। जबकि केही प्रयोगकर्ताको स्क्रिनमा भने टिकट बिक्री सुरु हुने समय दिउँसो १ बजे उल्लेख थियो।

निर्धारित समयमा टिकट खरिद गर्न खोज्दा पनि सफल नभएको दर्शकहरूको गुनासो छ। कतिपयले दिउँसो १ बजेर १ मिनेटमा प्रयास गर्दा समेत टिकट काट्न नसकेको बताएका छन्। बिक्री खुल्नुअघि नै टिकट सकिएको देखिनु र बिक्री सुरु हुने समय देखिएका प्रयोगकर्ताले समेत खरिद गर्न नपाउनुले टिकट बिक्री प्रक्रियामाथि प्रश्न उठेको छ।

यस घटनापछि सामाजिक सञ्जालमा दर्शकहरूले असन्तुष्टि पोख्दै टिकट वितरणको पारदर्शितामाथि चासो व्यक्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*