आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ७.३८ अंकले घटेर २६२१.२९ को विन्दुमा कायम भएको छ । यसदिन नेप्सेमा सूचीकृत ३५२ कम्पनीहरुको शेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ग्लोबल आइएमई बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, ७% नबिल बैंक डिबेन्चर २०८९, सेन्ट्रल फाइनान्स लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड र सिंगटी हाइड्रोपावरको शेयर सर्वाधिक किनबेच भएको छ।











