अर्थमन्त्री वाग्लेद्वारा विराटनगरस्थित एकीकृत भन्सार जाँचपास चौकीको अवलोकन
४ मंसिर २०८३, शुक्रबार १८:१५

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विराटनगरस्थित एकीकृत भन्सार जाँचपास चौकी (आईसीपी) को स्थलगत अवलोकन गरेका छन् ।
शुक्रबार मोरङको विराटनगरस्थित रानी पुगेका अर्थमन्त्री वाग्लेले भन्सार जाँचपास क्षेत्रको अवलोकन गर्दै त्यहाँको वस्तुस्थिति तथा सञ्चालन प्रक्रियाबारे जानकारी लिएका हुन् । विराटनगर भन्सार कार्यालय देशकै तेस्रो ठूलो राजस्व संकलन गर्ने भन्सार कार्यालयका रूपमा रहेको छ।











