स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

७ मंसिर २०८३, सोमबार ०९:४१

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको ५००औँ बैठकले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले असार मसान्तसम्म कायम १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजीका आधारमा लाभांश प्रस्ताव गरेको हो। प्रस्तावअनुसार शेयरधनीले ८ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८ लाख ३१ हजार २५० कित्ता बोनस शेयर प्राप्त गर्नेछन्। त्यस्तै लाभांशमा लाग्ने कर प्रयोजनका लागि ४३ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गरिनेछ।

यसरी कम्पनीले कुल ८ करोड ७५ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमध्ये ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ।

सञ्चालक समितिबाट पारित भएको लाभांश प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाइने कम्पनीले जनाएको छ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेस गरिनेछ। साधारण सभाबाट पारित भएपछि मात्र सभाका लागि शेयरधनी दर्ता किताब बन्द हुने समयमा कायम शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*