ओरालो लागेको सुनको मूल्यले लियो यू-टर्न, आज प्रतितोला कतिले बढ्यो ?
७ मंसिर २०८३, सोमबार १०:५८

काठमाडौँ । निरन्तर गिरावट आइरहेको सुनको मूल्य आज भने बढेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ११० रुपैयाँमा कारोबार भइरहेको हो ।











