नेपाललाई भारतको दुई खर्ब ४० अर्ब सहयोग घोषणा
७ मंसिर २०८३, सोमबार १४:०१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भारतले नेपाललाई दुई खर्ब ४० अर्ब आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। तर उक्त सहयोगमध्ये कति रकम सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र कति अनुदानका रूपमा उपलब्ध गराइने भन्नेबारे भने स्पष्ट पारिएको छैन।
नेपालले भारतसँग दुई खर्ब आर्थिक सहयोग माग गरेको थियो। त्यसमध्ये एक खर्ब सहुलियतपूर्ण ऋण र एक खर्बअनुदानका रूपमा उपलब्ध गराउन नेपालले प्रस्ताव गरेको थियो। भारतले नेपालले प्रस्ताव गरेअनुरूप नै सहयोग घोषणा गरेको बताइएको छ।
नेपालको प्रस्तावअनुसार अनुदानतर्फको एक खर्बमध्ये ५० अर्ब रसुवामा बाढीपहिरोबाट भएको क्षतिपछिको पुनर्निर्माणमा खर्च गर्ने योजना थियो। बाँकी ५० अर्ब भारु बुटवल–पोखरा एक्सप्रेस वे निर्माणका लागि सहयोग मागिएको थियो।
सम्पादन*











