प्रधानमन्त्रीद्वय बालेन र मोदीद्वारा संयुक्त रूपमा तल्लो अरुण जलविद्युत आयोजनाको शिलान्यास
७ मंसिर २०८३, सोमबार १४:०५

काठमाडौं । तल्लो अरुण जलविद्युत आयोजनाको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका छन् । आज सोमबार नयाँ दिल्लीबाट डिजिटल माध्यमबाट आयोजनाको शिलान्यास गरेका हुन् ।
संखुवासभा र भोजपुर जिल्लाको सीमानामा बन्न लागेको ६६९ मेगावाट क्षमताको उक्त तल्लो अरुण जलविद्युत आयोजनाको शिलान्यास भएसँगै औपचारिक निर्माण प्रक्रिया अघि बढेको छ ।
भारतीय सरकारी स्वामित्वको कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन) को सहायक कम्पनी एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीले विकास गरिरहेको छ । संखुवासभास्थित चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा आयोजनाको मुख्य संरचना रहनेछ।











