बालेनद्वारा मोदीलाई नेपाल भ्रमणको निम्तो
७ मंसिर २०८३, सोमबार १४:१२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निम्तो दिएका छन्। भारतको नयाँ दिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन्।
दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपाल भ्रमणको निम्तो दिएका हुन्।











